कलंकीमा आङ नै जिरिङ्ग हुने दुर्घटना, स्कुटर चालक गम्भीर घाइते, ट्याङ्कर चालक पक्राउ
थानकोट ।
काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्पनजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ ।
दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर चालक ६१ वर्षीय बलिन्द्र थापा घाइते भएका छन् । उनको टाउको, पेट र कम्मरमा चोट लागेको छ । उनी तनहुँको रुपाकोट गाउँपालिका–६ का स्थानीय हुन् ।
खड्कुलो पुलबाट कलंकीतर्फ आउँदै गरेको ना.६ ख ६९३८ नम्बरको तेल ट्याङ्कर चालकलाई प्रहरीले पक्राउ गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ घर भएका २५ वर्षीय बिक्कि रुम्बा छन् ।
दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।










