फिफा विश्वकप २०२६: कंगो दोश्रो चरणमा, दक्षिण कोरिया विश्वकपबाट बाहिरियो
थानकोट ।
कोलम्बिया फिफा विश्वकपमा समूह विजेता बनेको छ ।
आज भएको खेलमा पोर्चुगललाई गोलरहित बराबरीमा रोकेर कोलम्बिया समूह ‘के’ को विजेता बनेको हो ।
समूह चरणका सबै खेल सकिँदा कोलम्बियाको ७ अंक बन्यो । कोलम्बिया समूह चरणमा दुई खेलमा विजयी एकमा बराबरी खेल्यो ।
कोलम्बियासँग बराबरीमा रोकिँदा पोर्चुगल उपविजेतामा सीमित भयो ।
एकमा विजयी र दुईमा बराबरी खेलको पोर्चुगलको अंक ५ भएको छ ।
दुवै टोली यसअघि नै राउन्ड अफ ३२ मा पुगेका थिए ।
डीआर कंगो समूह चरणको अन्तिम खेलमा सानदार जितसहित नकाउटमा प्रवेश गरेको छ ।
आज भएको खेलमा उज्बेकिस्तानलाई ३–१ गोलअन्तरले पराजित गरेर डीआर कंगो तेस्रो स्थानबाट नकाउटमा पुगेको हो ।
कोलम्बिया विजेता र पोर्चुगल उपविजेता बनेको समूह ‘के’ मा ४ अंकसहित तेस्रो स्थानमा रहेर डीआर कंगो नकाउटमा पुगेको हो ।
डीआर कंगो नकाउटमा पुगेसँगै साउथ एको छ ।
इङ्गल्यान्ड समूह ‘एल’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । गए राति इङ्गल्यान्डले पानामालाई २–० गोल अन्तरले पराजित गर्यो ।
इङ्गल्यान्डको जितमा जुड बेलिङ्घमले ६२औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ह्यारी केनले ६७ औँ मिनेटमा अर्को गोल थप्दै जित सुनिश्चित गरे । त्यही समयमा भएको अर्को खेलमा क्रोएसियाले घानालाई २–१ गोल अन्तरले पराजित गर्दै समूहको दोस्रो स्थान हासिल गरी नकआउट चरणमा स्थान बनाएको छ ।
क्रोएसियाका लागि पेटार सुचिचले ३१औँ मिनेटमा पहिलो गोल गरे । दोस्रो हाफको ७३औँ मिनेटमा घानाका डेरिक लुकासेनले बराबरी गोल फर्काए । त्यसपछि ८३औँ मिनेटमा निकोला भ्लासिचले लुका मोड्रिचको पासलाई हेडमार्फत गोलमा परिणत गर्दै क्रोएसियालाई महत्त्वपूर्ण जित दिलाए ।
पराजित भए पनि घाना उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एक बन्दै अन्तिम ३२ (नकआउट चरण) मा प्रवेश गरेको छ । यस नतिजासँगै स्कटल्यान्डको विश्वकप यात्रा भने समूह चरणमै समाप्त भएको छ ।
विश्वकपअन्तर्गत अहिले बिहान पौने ८ बजेबाट अमेरिकाको क्यान्सस सिटी स्टेडियममा अल्जेरिया र अस्ट्रिया तथा डलास स्टेडियममा जोर्डन र अर्जेन्टिनाबीच खेल भइरहेको छ ।










