फिफा विश्वकप फुटबलः नर्वे र फ्रान्स अन्तिम १६ का लागि छनोट
थानकोट ।
नर्वे विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।
आइभरीकोस्टलाई २-१ ले पराजित गर्दै नर्वे प्रि- क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
नर्वेका एन्टोनियो नुसाले खेलको ३९ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
आइभरीकोस्टका अमाद डियालोले ७४ औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीको स्थितिमा ल्याए । ८६औँ मिनेटमा नर्वेका एर्लिङ हालाण्डले गोल गर्दै नतिजा २-१ मा पुर्याए ।
उनको निर्णायक गोलसँगै नर्वे अन्तिम १६ मा प्रवेश गरेको हो । विश्वकपमा हालाण्डले गोल संख्या पाँच पुर्याएका छन् ।
फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रंगशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३-० गोलअन्तरले पराजित गर्यो ।
फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गरे भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गरे । अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ ।
अन्तिम-३२ को खेलअन्तर्गत गए राति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २-१ गोलअन्तरले पराजित गरेको थियो । .
प्रतियोगिता अन्तर्गत आज बिहान ६:४५ बजे मेक्सिको र इक्वेडोरबीच खेल हुँदैछ ।









