२ हजार १५७ जना सवारीचालक ट्राफिक नियम उल्लङ्घनको कारबाहीमा

Thankot Times

थानकोट ।

बितेका २४ घण्टामा काठमाण्डाै उपत्यकामा २ हजार १५७ जना गाडी चालक ट्राफिक नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।

कारबाहीबाट २१ लाख ४० हजार ५४६ रुपैयाँ जरिवाना सङ्कलन भएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जाँड-रक्सी खाएर गाडी चलाउने ८२, नियम विपरीत ‘राइड शेयरिङ’ गर्ने १०१, सङ्केत बत्ती उल्लङ्घन गर्ने १०५ र तीव्र गतिमा गाडी चलाउने ११७ जनालाई कारबाही गरिएको हो ।

यसैगरी ‘लेन’ अनुशासन पालना नगर्ने ७७, निषेधित क्षेत्रमा हर्न बजाउने ६१, कालो सिसायुक्त गाडी चलाउने २२, एकतर्फी सडकमा गाडी चलाउने ५४ र अन्य नियम पालना नगर्ने १ हजार ५३८ जना कारबाहीमा परेका हुन् ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *