फिफा विश्वकप फुटबल २०२६: सहआयोजक मेक्सिको अन्तिम १६ मा प्रवेश
थानकोट ।
फिफा विश्वकप फुटबलमा आज बिहान भएको खेलमा जीत निकाल्दै मेक्सिको अन्तिम १६ मा पुगेको छ ।
यो विश्वकपको सहआयोजक मेक्सिकोले इक्वेडरलाई २ गोलले हराउँदै ४० वर्षपछि नकआउट चरण पार गरेको हो ।
मेक्सिको सिटीमा आज बिहान भएको खेलमा घरेलु टोलीका लागि राउल जिमेनेज र जुलियन क्विनोनेसले गोल गरे ।
यसअघि मेक्सिकोले सन् १९८६ यता कुनै पनि नकआउट खेल जित्न सकेको थिएन । इक्वेडर पराजित हुँदै बाहिरिएको छ ।
विश्वकप फुटबलमा आज राति पौने १० बजे इङ्गल्यान्ड र कङ्गो पौने २ बजे बेल्जियम र सेनेगल अनि बिहान पौने ६ बजे अमेरिका र बोस्निया एण्ड हर्जगोभिनाले खेल्दैछन् ।









