युरोपियन टी-२० प्रिमियर लिगः दीपेन्द्र सिंह ऐरी एम्स्टरडाम फ्लेम्ससँग अनुबन्धित

Thankot Times

थानकोट ।

नेपाली टी-२० टिमका कप्तान दीपेन्द्र सिंह ऐरी पनि युरोपियन टी-२० प्रिमियर लिग (ईटिपिएल) मा अनुबन्धित भएका छन्।

उनले यो लिग एम्स्टरडाम फ्लेम्सबाट खेल्ने छन्।

दीपेन्द्र ईटिपिएलमा अनुबन्ध हुने दोस्रो नेपाली खेलाडी हुन्।

यस लिगका लागि सन्दीप लामिछाने पनि अनुबन्ध भइसकेका छन्।

दीपेन्द्रले खेल्ने एम्स्टरडाम फ्लेम्सको कप्तानी अष्ट्रेलियाका टी-२० टोलीका कप्तान मिचेल मार्शले गर्नेछन्।

टोलीमा दीपेन्द्र र मार्शसहित स्टिभ स्मिथ र टिम डेविडजस्ता विश्व चर्चित स्टार छन्।

लिग अगस्टको अन्तिमबाट सुरु हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *