फिफा विश्वकप २०२६: आयोजक अमेरिका प्रि-क्वाटरफाइनलमन
थानकोट ।
फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा सहआयोजक अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध जित निकाल्दै अन्तिम १६ मा पुगेको छ।
सान फ्रान्सिस्को बे एरिया स्टेडियम सम्पन्न खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध २-० गोल अन्तरले जित निकालेको हो।
खेलको ८२औं मिनेटमा मलिक टिलम्यानले गरेको गोलले अमेरिकाले अग्रता कायम गरेको थियो। यसअघि, खेलको ४५औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
साथै, भिएआर चेकमा उनले रातो कार्ड पाउने खालको फाउल गरेको निष्कर्ष निकाल्दै बालोगुनलाई खेलको ६४औं मिनेटमा रेड कार्ड देखाइएको थियो। बालोगुन मैखानबाट बाहिरिए सँगै अमेरिकी टोलीले १० खेलाडीमा सीमित रहेको थियो।
यस जितसँगै अमेरिका अन्तिम १६ मा प्रवेश गरेको छ, जहाँ उसको सामना बेल्जियमसँग हुनेछ।









