नागढुङ्गाबाट समातिए १९ वर्षीय किशोर
थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक जना किशोर समातिएका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उक्त पदार्थ ८५ ग्राम सहित सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-१ बस्ने १९ वर्षीय राकेश मण्डललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०१-०२-००२ ख ०३१७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
राकेश पक्राउ परेको यस प्रकरणका बारेमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।









