फिफा विश्वकपः केप भर्डेको सम्मानजनक बहिर्गमन, अर्जेन्टिना र इजिट अन्तिम १६ मा

Thankot Times

थानकोट ।

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनलमा पुगेको छ ।

शनिबार बिहान भएको खेलमा केप भर्डेलाई ३-२ गोल अन्तरले हराएर अर्जेन्टिना प्रि-क्वार्टरफाइनलमा पुगेको हो ।

खेलमा अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको गोलमार्फत २९औँ मिनेटमा सुरुवाती अग्रता कायम गरेको थियो । त्यसपछि पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन ।

५९औँ मिनेटमा केप भर्डेले खेललाई १-१ गोलकाे बराबरीमा पुर्‍याएको थियो । केप भर्डेका लागि डेरोय डुआर्टेले गोल गरेका थिए ।

त्यसपछि ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेका थिएनन् । बराबरीपछि अतिरिक्त समयमा गएको खेल पहिलो हाफ पनि २-२ गोलको बराबरी भएको थियो ।

यद्यपि, अतिरिक्तको दोस्रो हाफमा एक गोल गरेर अर्जेन्टिनाले नतिजा आफ्नो पक्षमा पार्‍यो ।

प्रतियोगिता अन्तर्गत शुक्रबार मध्यरातमा भएको खेलमा पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

अमेरिकाको डालास स्टेडियममा गएराति भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै इजिप्ट प्रि–क्वाटरफाइनलमा पुगेको हो ।

पेनाल्टी सुटआउटमा अस्ट्रेलियाका ह्यारी साउटर र लुकास हेरिङ्टनले गोल गर्न सकेनन् । त्यसअघि खेलको १३औं मिनेटमा इमाम आशौरले गोल गर्दै इजिप्टलाई पहिलो अग्रता दिलाएका थिए । तर, खेलको ५५औं मिनेटमा इजिप्टका मोहम्मद हानीले हेडरमार्फत गरेको क्लिरेन्स आफ्नै पोष्टमा छिर्दा अस्ट्रेलियाले उपहार गोल प्राप्त गर्यो ।

निर्धारित र अतिरिक्त समयमा खेल एक/एक गोलको बराबरी भयो । त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जहाँ इजिप्ट विजयी हुँदै अन्तिम–१६ मा पुग्न सफल भयो ।

नकआउट चरणको अन्तिम खेलमा अहिले बिहान सवा ७ बजे कोलम्बिया र घानाबीच खेल भइरहेको छ ।

तस्बिरः एपी


Leave a Reply

Your email address will not be published. Required fields are marked *