आईसीसी महिला टी-२० विश्वकपः उपाधिका आज इङ्ल्याण्ड र अस्ट्रेलियाबीच खेल हुँदै
थानकोट ।
आईसीसी महिला टी–२० विश्वकपको उपाधिका लागि आज घरेलु टोली इङ्ल्याण्ड र साविक विजेता अस्ट्रेलियाले खेल्दैछन् ।
लर्ड्स क्रिकेट मैदानमा फाइनल खेल नेपाली समयअनुसार बेलुका सवा ८ बजे शुरु हुनेछ ।
दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् ।
इङ्ल्याण्डले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ४० रनले पराजित गर्दै फाइनलमा पुगेको हो भने अस्ट्रेलियाको महिला टोलीले वेस्ट इन्डिजलाई आठ विकेटले हराउँदै उपाधि नजिकै पुगेको हो ।
अस्ट्रेलिया र इङ्ल्याण्ड विश्व महिला क्रिकेटका दुई शक्तिशाली टोली मानिन्छन् ।
आजको खेलले विश्व महिला क्रिकेटको च्याम्पियन टोली तय गर्नेछ ।









