सुनचाँदीको मूल्य घट्याे

Thankot Times

थानकोट ।

नेपाली स्थानीय बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

हिजो बुधबारको तुलनामा सुन तोलामा दुई हजार ४ सय रुपैयाँ र चाँदी १६० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७ सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३४० रुपैयाँ कायम भएको छ ।

हिजो छापावाल सुुन प्रतितोला दुई लाख ८७ हजार १ सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ