आज शुक्रबारको मौसम कस्तो रहला ? यस्तो छ महाशाखाको पूर्वानुमान

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ।

शुक्रबार दिउँसाे देशभर अधिकांश बादल लाग्नेछ । देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा, मधेश प्रदेशका साथै कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार राति देशभर अधिकांश बादल लाग्नेछ ।  कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभगको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा  मध्यमसम्मको वर्षाको सम्भावना छ । तराई भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको थोेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेशका तथा  बागमती, गण्डकी, लुम्बिनी र  सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा समेत भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ