सुनचाँदीको मूल्य घट्यो

Thankot Times

थानकोट ।

आज सोमबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ ।

सुनको मूल्य यस दिन तोलामा दुई हजार ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन एक तोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार २ सय रुपैयाँ तोकिएको छ ।

हिजो आइतबार (असार २८) छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा किनबेच भएको थियो ।

सोमबार चाँदीको मूल्य पनि तोलामा १ सय रुपैयाँले घटेको छ ।

यसदिन चाँदीको मूल्य तोलाको चार हजार ३ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

हिजो आइतबार चाँदी प्रतितोला चार हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *