प्रेस काउन्सिलकाे अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
थानकोट ।
उमेश श्रेष्ठ प्रेस काउन्सिलकाे अध्यक्षमा नियुक्त भएका छन् ।
उनलाई सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नियुक्तिपत्र दिएका हुन् ।
श्रेष्ठलाई खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गरिएकाे हाे ।
सूचना तथा सञ्चार मन्त्रालयका अनुसार काउन्सिल अध्यक्षका लागि संक्षिप्त सूचीमा श्रेष्ठसहित १० जना आवेदककाे नाम समावेश गरिएकाे थियाे, जसमा केदारनाथ काेइराला, गाेविन्द्रप्रसाद भण्डारी, जनक नेपाल, नुमाकान्त पाैडेल, बालकृष्ण चापागाईं, भुवनप्रसाद आचार्य, रूद्रबहादुर खड्का, लेखनाथ न्याैपाने र शन्तराम बिडारी थिए ।









