आज शनिबार कतै यात्रा गर्ने तयारीमा हुनुहुन्छ? मौसम पूर्वानुमान थाहा पाउनुहोस

Thankot Times

थानकोट ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भू-भागमा सरदर भन्दा उत्तरतर्फ तथा पूर्वी भू-भागमा सरदर स्थानको आसपासमा रहेको छ।

जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा  साधरणतया बादल लाग्नेछ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा पनि साधरणतया बादल लाग्नेछ । मधेस र कोशी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेस प्रदेश र कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशभर साधरणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशको तराई भू-भागका केही स्थान, कोशी प्रदेशको तराई र मधेस प्रदेशको थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ