धुलिखेलस्थित रिसोर्टमा करेन्ट लागेर मृत्यु भएका सतुङ्गलका डेनिसका परिवारलाई २० लाख क्षतिपूर्ति
थानकोट ।
धुलिखेलमा रहेको हिमालयन दृश्य रिसोर्टमा शुक्रबार करेन्ट लागेर मृत्यु भएका युवकको परिवारलाई २० लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ।
साथीहरूसँग धुलिखेल घुम्न पुगेका काठमाडाैं सतुङ्गलका २९ वर्षीय डेनिस प्रधानको शुक्रबार करेन्ट लागेर मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन बिष्टका अनुसार २० घण्टाको वार्तापछि पीडित परिवार र होटल सञ्चालकबीच सहमति भएको हो।
सहमति अनुसार मृतकका परिवारलाई २० लाख क्षतिपूर्ति प्रदान गरिने तथा उनका सन्तानको कक्षा १२ सम्मको सम्पूर्ण शैक्षिक खर्च होटल सञ्चालक पक्षले व्यहोर्ने भएको प्रधानको आफन्त नवराज श्रेष्ठले जानकारी दिए।
सहमतिपछि शव पोस्टर्माटमका लागि धुलिखेल अस्पतालमा राखिएको र थप अनुसन्धान गरिरहेको डीएसपी बिष्टले जानकारी दिए। रिसोर्टमा रहेको स्विमिङ पुल नजिकै रहेको म्युजिक बक्सनिर करेन्ट लागेको सीसीटीभी फुटेजमा देखिएको आफन्त श्रेष्ठले बताए।










