कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए पदबाट राजीनामा

Thankot Times

थानकोट ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन् ।

शनिबार बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।

मुख्यमन्त्री कँडेलविरुद्ध नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

मुख्यमन्त्री कँडेलविरुद्ध गत ३२ असारमा प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि आज दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको थियो ।

उक्त अविश्वासको प्रस्तावमाथि मतदान हुन अघि नै कँडेलले राजीनामा दिएपछि अब नयाँ सरकार गठन प्रक्रिया अगाडि बढेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ