नागढुङ्गा सुरुङ मार्ग प्रभावित क्षेत्रमा खानेपानीको माग सम्बोधन गर्ने मन्त्री लम्सालको आश्वासन
थानकोट ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनस्थलमा विरोध प्रदर्शनमा उत्रिएको खानेपानी उपभोक्ता समितिको माग सम्बोधन गर्ने आश्वासन दिएका छन् ।
सोमबार (साउन ११) सुरुङमार्गको उद्घाटन गर्न पुगेका उनले प्रभावितलाई भेटेर माग सम्बोधन गर्ने आश्वासन दिएका हुन् ।
प्रभावितले खानेपानी आयोजना सञ्चालनको ग्यारेन्टी गर्नुपर्ने, चर्किएका घरको उचित सम्बोधन, सिस्नेखोला पानी लिफ्टिङ खानेपानीको ग्यारेन्टी गर्न, सुरुङमार्गमा स्थानीयलाई सहज आवतजावतको व्यवस्था, रोजगारी र स्थानीयको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन् ।
मन्त्री लम्सालले स्थानीयलाई भेट्दै आफू माग सम्बोधन गर्न सकारात्मक रहेको बताए ।
उनले प्रभावितलाई छलफलका निम्ति सोमबार नै दिउँसो २ बजे मन्त्रालयमा उपस्थित हुन आग्रह गरेका छन् ।










