मिस नेपाल-२०२६ को ताज दीपमाला ढकालको शीरमा
थानकोट ।
मिस नेपाल-२०२६ को उपाधि दीपमाला ढकालले जीतेकी छिन् ।
द प्लाजा पुल्चोक ललितपुरमा आयोजित ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्ड घोषित भइन् ।
मिस नेपाल इन्टरनेशनल आर्या निशांत र मिस नेपाल कोस्मो कशिश सुब्बा घोषित भए । मिस कोस्मो योलिंडा लिंडक्विस्ट लगायत जजको रूपमा सहभागी थिए ।
द हिडन ट्रेज़रले मिस नेपालको आयोजना गरेको हो ।










