आज चन्द्रागिरिमा यी कम्पनीका एलपीजी ग्यास बिक्री हुँदै

Thankot Times

थानकोट ।

एलपीजी ग्यासको आपूर्तिलाई सहज बनाउन विभिन्न ग्यास उद्योगहरूले आज साउन २० का लागि वितरण तालिका सार्वजनिक गरेका छन् ।

आजको सूचीमा श्री ग्यास, हिमालयन पेट्रोकेमिकल्स, सीताश्री ग्यास, एसटीसी ग्यास र उग्रचण्डी ग्यास गरी पाँच कम्पनीका वितरण विवरण समावेश गरिएको छ । अन्य ग्यास उद्योगहरूको वितरण तालिका प्राप्त हुने बित्तिकै क्रमशः सार्वजनिक गरिने जनाइएको छ ।

श्री ग्यास उद्योग प्रालिका अनुसार आज काठमाडौं, ललितपुर, भक्तपुर तथा काभ्रेका विभिन्न क्षेत्रमा रहेका ५८ वटा आधिकारिक डिलर तथा बिक्री केन्द्र मार्फत ५,००१ वटा एलपीजी ग्यास सिलिन्डर वितरण गरिने छ ।

आज कलिमाटी, चाबहिल, कपन, बानेश्वर, सामाखुसी, गोङ्गबु, चन्द्रागिरि, कीर्तिपुर, ललितपुर, भक्तपुर, काभ्रेलगायतका क्षेत्रमा ग्यास आपूर्ति गरिने कम्पनीले जनाएको छ । दैनिक उपभोगका लागि आवश्यक एलपीजी ग्यास सहज रूपमा उपलब्ध गराउने उद्देश्यले वितरण तालिका सार्वजनिक गरिएको कम्पनीको भनाइ छ ।

ग्यास उद्योगहरूले उपभोक्तालाई आफ्नो नजिकको आधिकारिक डिलरबाट मात्रै ग्यास खरिद गर्न, अनावश्यक भीडभाड नगर्न तथा ग्यास लिन जानुअघि सम्बन्धित डिलरसँग मौज्दात र वितरण समयबारे जानकारी लिन आग्रह गरेका छन् ।

अन्य एलपीजी ग्यास कम्पनीहरूको वितरण विवरण प्राप्त हुनेबित्तिकै अद्यावधिक गरिने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *