क्रिकेटर कुशल भुर्तेल नेपाल टेलिकमको ब्रान्ड एम्बासडर नियुक्त

Thankot Times

थानकोट ।

नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई  ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।

टेलिकमले समाजिक सञ्जालमार्फत कुशललाई ब्रान्ड एम्बासडर बनाएको जानकारी दिएको हो ।

कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र कुशलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कम्पनीले क्रिकेट मैदानमा कुशलको उत्साह अब नेपाल टेलिकमसँग पनि जोडिएको उल्लेख गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *