प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिले लिए शपथ

Thankot Times

थानकोट ।

तीन प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शपथ लिनेमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति कुमार नगरकोटी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनाल तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति एरिना ताम्राकार रहेका छन् ।

नवनियुक्त कुलपतिहरूले शपथ ग्रहणसँगै आ-आफ्नो जिम्मेवारी औपचारिक रूपमा सम्हाल्ने भएका छन् ।

सरकारले हालै उनीहरूलाई सम्बन्धित प्रज्ञा प्रतिष्ठानको नेतृत्वका लागि नियुक्त गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *