प्रतिसिलिन्डर ७ हजारमा एलपी ग्याँस बेच्ने ५७ वर्षीय साहुजी पक्राउ

Thankot Times

थानको६ ।

भक्तपुरमा खाना पकाउने एलपी ग्याँसको कालोबजारी गरेको आरोपमा प्रहरीले एक जना किराना पसल सञ्चालकलाई पक्राउ गरेको छ।

चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट बारुदखाना चोकस्थित ‘त्वयना किराना पसल’ सञ्चालन गर्दै आएका ५७ वर्षीय तुलसीराम त्वयनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार त्वयनाले उपभोक्तालाई प्रतिसिलिन्डर सात हजारको दरले एलपी ग्याँस बिक्री–वितरण गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। शनिवार प्रहरीले उक्त पसलमा चेकजाँच तथा अनुगमन गर्दा कालोबजारी भइरहेको पुष्टि भएको हो।

प्रहरीले पसलबाट ३ थान ग्याँस सिलिन्डर बरामद गर्नुका साथै पसल सञ्चालक त्वयनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *