नेपाली बजारमा सुनचाँदीको भाउ बढ्यो

Thankot Times

थानकोट ।

आज सुनचाँदीको भाउ बढेको छ ।

सुन आज तोलामा ८०० रुपैयाँले बढेको हो ।

हिजो तोलामा १ हजार ८०० रुपैयाँले घटेर तोलाको २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर २ लाख ८४ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ ।

हिजो ४५ रुपैयाँले घटेर तोलाको ४ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ४ हजार ३५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *