पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो, अब पेट्रोलको मूल्य लिटरको २०० रुपैयाँ

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

आइतबार राति १२ देखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले जनाएको छ ।

निगमले पेट्रोल प्रतिलिटर ३, डिजेल र मट्टितेल ५ रुपैयाँले वृद्धि गरेको छ ।

यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले वृद्धि भएको छ ।

इण्डियन आयल कर्पोरेसनले ३१ जुलाई २०२६ मा पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २० रुपैयाँ १९ पैसा, डिजेलमा ३९ रुपैयाँ ६७ पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ छ पैसा बढेर आएको छ ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा  प्रतिलिटर २०० रुपैयाँ पुगेको छ । सुर्खेत र दाङमा १९९ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा १९७ रुपैयाँ ५० पैसा पुगेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

यसअघि पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १९५ रुपैयाँ रहेको थियो । पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रूपमा १ अर्ब ४९ करोडबराबरको घाटा हुने आज जारी विज्ञप्तिमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ