२५० रुपैयाँको सामान किन्नेलाई १० लाखको पुरस्कार !

Thankot Times

थानकोट ।

आन्तरिक राजस्व विभागले साउन १ गतेदेखि १५ गतेसम्मका लागि १६ जना उपहार विजेताहरूको नाम सार्वजनिक गरेको छ ।

साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार शिव कृष्ण जनरल स्टोरबाट २ सय ५० रुपैयाँ बराबरको सामान किन्ने एक जना उपभोक्ताले जितेका छन् ।

१० लाख रुपैयाँको बम्पर उपहार र एक/एक लाख रुपैयाँ जित्ने विजेता कुपन नम्बरको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्

विजेताहरूको छनोट ‘क्रिप्टोग्राफिकली सेक्युर्ड युनिफर्म र्याण्डम स्याम्पलिङ’ प्रविधिबाट गरिएको विभागले जनाएको छ ।

यो पूर्णरूपमा कम्प्युटरकृत प्रणाली भएकाले यसमा कुनै पनि मानवीय हस्तक्षेप वा विभेदको सम्भावना नरहेको र छनोट प्रक्रिया पूर्णतः निष्पक्ष हुने आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।

साउन १ गतेदेखि १५ गतेसम्मको अवधिमा उपभोक्ताले गरेका ७ हजार ७७ वटा नगद कारोबारको विवरण विभागको वेबसाइटमा प्रविष्ट भएको छ । ती कारोबारको कुल मूल्य ८ करोड २४ लाख रुपैयाँ रहेको छ भने यसमा ३ हजार ९ सय १५ जना विक्रेता आबद्ध भएका छन् । यस अवधिका लागि हरेक दिन एक–एक जना गरी १५ जना दैनिक विजेता र साउनको पहिलो १५ दिनका लागि एक जना ‘बम्पर’ उपहार विजेता चयन गरिएको छ ।

त्यसैगरी, यही अवधिमा अनलाइन भुक्तानी माध्यमबाट २ करोड ५६ लाख ८ हजारभन्दा बढी कारोबार भएको विभागले जनाएको छ । अनलाइन भुक्तानीमार्फत भएको ७६ अर्ब ६० करोड ३ लाख रुपैयाँ बराबरको कारोबारलाई भने छुट्टै प्रविष्ट गर्नुपर्ने व्यवस्था नरहेको र ती कारोबार स्वतः उपहार कार्यक्रममा समावेश हुने व्यवस्था गरिएको छ ।

दैनिक उपहार विजेताले १ लाख १२ हजार ३७४ रुपैयाँ र बम्पर उपहार विजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने


Leave a Reply

Your email address will not be published. Required fields are marked *