काठमाण्डौ उपत्यकामा एकैदिन ६१ हजार सिलिन्डर वितरण भएको निगमको तथ्याङ्क
थानकोट ।
काठमाण्डौ उपत्यकामा हिजो शुक्रवार एक्कैदिन ६१ हजार ग्यास सिलिन्डर वितरण भएको नेपाल आयल निगमले जनाएको छ ।
बजारमा खाना पकाउने ग्यासको अभाव भएपछि विभिन्न २३ उद्योगका ६१ हजार ४९ सिलिन्डर वितरण गरिएको निगमको विवरण छ ।
नेपाल ग्यास ५ हजार, बाबा २ हजार २४०, चन्डेश्वरी १ हजार ५८०, एभरेस्ट २ हजार ४०१, हिमाल २ हजार ४३५, जनक ४ हजार ४५६, श्रीमाया २ हजार १९२, कोशी ग्यास १० हजार ७८०, लुम्बिनी ग्यास २ हजार ४० वितरण गरिएको छ ।
यसबाहेक ओम, साईबाबा, एसटिसी, श्री, श्रीराम, सिद्धार्थ, सीताश्री, सुगमलगायतका सिलिन्डर पनि वितरण भएको निगमले सूचनामार्फत् जनाएको छ ।
तर ग्यासका लागि लाइन बस्नुपर्ने बाध्यता रहेको उपभोक्ताको गुनासो छ ।











