आज बुधबार दिनभरको मौसम पूर्वानुमान यस्तो छ

Thankot Times

थानकोट ।

देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । तर, आज भारी वर्षाको पूर्वानुमान छैन् ।

मध्यमसम्मको वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र  मधेस प्रदेशका साथै देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।

वाग्मती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

मधेस, कोसी र वाग्मती प्रदेशका तराई भूभागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी  भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

देशभर मनसुनी वायुको प्रभाव रहँदा हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *