आज बिहान ११ बजेदेखि चन्द्रागिरि नगरबाट विभिन्न ४ कम्पनीका ग्यास बिक्री हुने, परिचयपत्र अनिवार्य
थानकोट ।
नेपाल आयल निगमले आज पनि काठमाडौंका विभिन्न स्थानबाट ग्यासको बिक्री–वितरण गर्दै छ ।
बजारमा ग्यास अभाव भइरहेका बेला आपूर्ति सहज बनाउन निगमले शनिबारदेखि आफैँले काठमाडौंका विभिन्न स्थानबाट ग्यासको बिक्री थालेको थियो ।
आज निगमको टेकु परिसर, बूढानीलकण्ठको चपलीस्थित पशु सेवा शाखा, कीर्तिपुरस्थित राधास्वामी, नयाँ बजारस्थित जुडो हल, तारेकेश्वर नगरपालिकाको कार्यालय परिसर, चन्द्रागिरि नगरपालिकाको कार्यालय, ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रको परिसरबाट ग्यास बिक्री गर्ने निगमले जनाएको छ ।
निगमका अनुसार ग्यास ब्रिकी बिहान ११ देखि साँझ ५ बजेसम्म हुनेछ ।
ग्यास खरिदका लागि नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाउनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।
चन्द्रागिरि नगरपालिका कार्यालय परिसरबाट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म लोकप्रिय, नेपाल, एचपी र श्रीमाया कम्पनीका ग्यास बिक्री वितरण हुनेछ ।











