कांग्रेसको १५ औँ महाधिवेशन : देउवाको निर्देशनमा शशांकले संयोजन गर्ने
थानकोट ।
नेपाली कांग्रेसको इतर पक्षले १५ औँ महाधिवेशनको संयोजन शेरबहादुर देउवाको निर्देशनमा डा. शशांक कोइरालाले गर्ने निर्णय गरेको छ ।
तीन दिने भेला समापन गर्दै इतर पक्षले देउवाको निर्देशनमा शशांकले महाधिवेशनको तयारीलाई अगाडि बढाउने निर्णय गरेको हो ।
‘१५ औँ महाधिवेशनसम्म नियमित क्रियाकलाप सभापतिको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलन आयोजक समितका संयाजकले नै संयोजन गर्दै जानुहुनेछ,’ निर्णयमा भनिएको छ ।











