नेपाली बजारमा सुनको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

केही दिनयता नेपाली बजारमा सुनचाँदी मूल्य निरन्तर उकालो लागिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज पनि तोलामा ३ हजार २०० रुपैयाँले बढ्दै ३ लाख २२ हजार ७०० रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन २ हजार ८०० रुपैयाँले बढ्दै ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तर, आज चाँदीको मूल्य भने केही घटेको छ ।

अघिल्लो दिन प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएकोमा आज १० रुपैयाँले घटेर ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *