डेपुटी गभर्नर रावलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
थानकोट ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बीचमा राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णय अनुसार रावल डेपुटी गभर्नरमा नियुक्त भएका थिए ।
उनले आजै पदभारसमेत ग्रहण गरेका छन् ।
गभर्नर पौडेलले डेपुटी गभर्नर रावललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिए।
डेपुटी गभर्नर रावल विसं २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा बैंक सेवामा प्रवेश गरेका थिए ।
उनी विसं २०६९ मा उप-निर्देशक, विसं २०७५ मा निर्देशक हुँदै विसं २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए ।
पदोन्नतिपश्चात् उनले बैंक सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएको राष्ट्र बैंकले जनाएको छ ।











