चन्द्रागिरि नगरको निर्यणविरुद्ध मातातिर्थका ५ सय जना स्थानीयको हस्ताक्षर

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं. ८ मातातिर्थ बौथलीचोकस्थित मातातीर्थ स्वास्थ्य चौकी भवन लगायतको संरचना तथा सो ले चर्चेको जग्गा बागमती प्रदेश अन्तर्गतको काठमाडौं जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई दिने चन्द्रागिरि नगर कार्यपालिकाको निर्णय बदर गर्न माग गर्दै मातातिर्थका स्थानीयले नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।

मातातीर्थ स्वास्थ्य चौकी प्रदेश मातहतको निकायलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णयविरुद्ध सञ्चालित तीनदिने हस्ताक्षर अभियानमा करिब ५०० जना स्थानीयले हस्ताक्षर गरेको बताइएको छ ।

जुन सोमबार नगरउपप्रमुख बसन्ती श्रेष्ठलाई बुझाएर्को हो ।
ज्ञापनपत्रमा उक्त स्वास्थ्य चौकीको भवन तथा संरचना हस्तान्तरण गर्ने निर्णय तत्काल रोक्न र पुनरावलोकन गर्न माग गरिएको छ।

तस्बिरः सवना कार्की बानियाँ


Leave a Reply

Your email address will not be published. Required fields are marked *