रसुवा बाढी प्रभावित क्षेत्रबाट चन्द्रागिरि नगरका ७ जना सम्पर्कविहीन

Thankot Times

थानकोट ।

बुधबार (भदाै १०) घटेको रसुवा बाढी घटनामा परि चन्द्रागिरि नगर क्षेत्रका ७ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै चन्द्रागिरि नगरपालिकाले सो जानकारी दिएको हो ।

नगरका प्रमुख प्रशासकीय अधिकृत जग्दिश चन्द्र नेपालीका अनुसार चन्द्रागिरि नगरपालिका स्थायी ठेगाना भएका ६ जना पुरुष र १ जना महिल रसुवा बाढी प्रभावित क्षेत्रबाट सम्पर्कविहिन भएका हुन् ।

सम्पर्कविहीन हुनेहरूमा चन्द्रागिरि वडा नं. ७ का ३ जना, चन्द्रागिरि वडा नं. ८ का २ जना, चन्द्रागिरि वडा नं. ३ र चन्द्रागिरि वडा नंं ११ का समान १-१ जना रहेका छन् । यद्यपी चन्द्रागिरि नगरपालिका क्षेत्रमा अस्थायी रुपमा बसोबास गर्दै आएका अन्य केही व्यक्तिहरूपनि यस प्रकोपमा परि सम्पर्कविहीन भएका विवरण सार्वजनिक भएका छन् ।

साथै, उक्त विपद् मा परेर चन्द्रागिरि वडा नं. १ देखि १५ सम्मका कुनै नागरिक बेपत्ता भएको, सम्पर्कविहीन वा समस्या परेको भएमा सम्बन्धित वडा कार्यालयमार्फत जानकारी गराउन भनिएको छ ।

चन्द्रागिरि नगरपालिकाबाट जारी सूचना हेराैं

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *