सुनको मूल्य दुई हजार चार सयले घट्यो, चाँदीको स्थिर

Thankot Times

थानकोट ।

कारोबार हुने यस साताको अन्तिम दिन आज शुक्रबार नेपाली स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार चार सयले घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला रु तीन लाख १८ हजार ५०० र चाँदी रु चार हजार ९६५ कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला रु तीन लाख २० हजार ९०० र चाँदी रु चार हजार ९६५ कायम भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *