‘नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता’- प्रधानमन्त्री शाह

Thankot Times

थानकोट ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले राज्यका सबै किसिमका संयन्त्र परिचालन गरी प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यलाई तीव्रता दिइएको बताएका हुन् ।

‘राज्यका सबै किसिमका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता बनेको कुरा दोहोर्‍याउन चाहन्छौँ,’ प्रधानमन्त्री शाहले भनेका छन् ।

रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत तटीय क्षेत्रमा भएको ठूलो जनधन तथा भौतिक क्षतिप्रति सरकार अत्यन्त गम्भीर र संवेदनशील रहेको बताए ।

प्रधानमन्त्री शाहले बाढी आएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यलाई कुनै कसर बाँकी नराखी अहोरात्र तीव्र पारिरहेको बताएका हुन् ।

संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीसँग निरन्तर समन्वय, सहकार्य र सहजीकरण गर्दै उद्धार तथा राहत कार्यलाई पूर्ण क्षमताका साथ अघि बढाइएको उनले बताएका छन् ।

राज्यका सबै किसिमका संयन्त्र परिचालन गरी प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता रहेको प्रधानमन्त्री शाहले दोहोर्‍याएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *