नागढुङ्गानजिकै सडक भासियो, निषेधित बाहेकका सवारी सुरुङ मार्गबाट गुडाइँदै

Thankot Times

थानकोट ।

मंगलबार रातिको भारी वर्षापछि कलंकी-नागढुङ्गा-पिपलामोड सडक खण्डको चिसापानी धारा नजिकै सडक भासिएको छ ।

प्रहरी प्रभाग नागढुङ्गाका अनुसार बुधबार बिहान १ बजे सडक भासिएको हो ।

अहिले सो सडकमा भारी सवारीसाधन गुड्न रोक लगाइएको छ ।

ट्राफिक प्रहरीले २ पाङ्ग्रे सवारी साधन, इन्धन बोकेका सवारी साधन मात्रै सो सडक हुँदै आवतजावत गर्न सहजीकरण गरिरहेको छ ।

अन्य सवारीसाधनहरू भने नागढुङ्गा सुरुङ मार्ग हुँदै आवतजावतको प्रबन्ध मिलाइएको छ ।

बिहान ९ बजेबाट नागढुङ्गा सुरुङ हुँदै सवारीसाधन आवतजावतको व्यवस्था गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *