प्रधानमन्त्री राहत कोषमा मनकामना केबलकार र चितवन मिल्कको डेढ करोड सहयोग
थानकोट ।
चितवन को–ई ग्रुपअन्तर्गतका मनकामना दर्शन प्रालि (मनकामना केबलकार) र चितवन मिल्क लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेका छन्।
ग्रुपका अनुसार मनकामना दर्शन प्रालिले १ करोड २५ लाख र चितवन मिल्कले २५ लाख रुपैयाँ योगदान गरेका हुन्।
बाढीपहिरो प्रभावितको राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो।
समूहले विपद्को कठिन समयमा प्रभावित परिवार तथा समुदायको साथमा उभिनु निजी क्षेत्रको दायित्व भएको जनाएको छ।
साथै, राष्ट्रिय उद्धार, राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको बताएको छ।










