माउण्ट चन्द्रागिरि इंग्लिश स्कुलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ८६ हजार सहयोग
थानकोट ।
थानकोटस्थित माउण्ट चन्द्रागिरि इंग्लिश स्कुलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ८६ हजार १ सय २५ रुपैयाँ सहयोग गरेको छ ।
रसुवा, नुवाकोट र धादिङ जिल्लामा भोटेकोशी नदी तथा त्रिशुली नदीमा भदाै १० गतेको बाढीबाट प्रभावित भएका नागरिकको खोज, उद्धार, राहत र पुनःर्स्थापनाका लागि सो रकम सहयोग गरिएको विद्यालयले जनाएको छ ।
विद्यालय परिवारका तर्फबाट बुधबार सो रकम कोषमा जम्मा गरिएको विद्यालयद्वारा विज्ञप्तिमा उल्लेख छ ।
उक्त सहयोग प्याब्सन काठमाडाैं कल्याणकारी कोषमार्फत बाढीपीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रदान गरिएको हो ।
विद्यालय व्यवस्थापन, शिक्षक, विद्यार्थी र अभिभावकहरूको तर्फबाट उक्त सहयोग रकम जुटाइएको विद्यालयले जनाएको छ ।










