कांग्रेस विधान मस्यौदा समितिमा चार सदस्य थपिए

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र एक जना सदस्य सचिव मनोनयन गरेको छ ।

कांग्रेसका सभापति गगनकुमार थापाले महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित ‘नेपाली कांग्रेस विधान मस्यौदा समिति’ मा चार जना केन्द्रीय सदस्यलाई सदस्य मनोनयन गरेका हुन् ।

सभापति थापाले केन्द्रीय सदस्यहरू जीवन परियार, राजीव ढुंगाना, कुसुमदेवी थापा मगर र अञ्जु झालाई समितिको सदस्यमा मनोनयन गरेका छन्। त्यस्तै, प्रताप पौडेललाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै सभापति थापाले विधान मस्यौदा समितिमा सदस्य तथा सदस्य सचिव मनोनयन गरेको उल्लेख गरेका छन् । महामन्त्री पौडेलको संयोजकत्वमा रहेको समितिले पार्टीको विधान संशोधन तथा नयाँ मस्यौदासम्बन्धी काम गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ