आज सुनचाँदीको भाउ बढ्यो
थानकोट ।
आज बिहीबार नेपालमा सुनचाँदीको भाउ बढेको छ ।
सुन तोलामा ३ हजार ४०० रुपैयाँले बढेर तोलाको ३ लाख ५ हजार ८०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन ३ हजार रुपैयाँले घटेर तोलाको ३ लाख २ हजार ४०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी १०५ रुपैयाँले बढेर तोलाको ४ हजार ८५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलाको ४ हजार ७५० रुपैयाँ थियो ।










