२०औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको विदाई

Thankot Times

थानकोट ।

जापानमा आयोजना हुने २० औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको विदाई गरिएको छ। बिहीबार सिंहदरबारमा आयोजित एक कार्यक्रममाबीच शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडीसहितको टोलीलाई विदाई गरेका हुन्।

विदाई कार्यक्रममा मन्त्री पोखरेलले खेलाडीहरूले गरेको कडा परिश्रम, त्याग र आत्म–अनुशासनको उच्च प्रशंसा गर्दै देशको प्रतिनिधित्व गर्न पाउनु नै सबैभन्दा ठूलो गर्वको विषय भएको उल्लेख गरे। उनले पदक जित्नु दोस्रो प्राथमिकता रहेको तर बिना दबाब र निडर भएर खेल भावनाका साथ आफ्नो उत्कृष्ट प्रदर्शन दिन खेलाडीहरूलाई सुझाव दिए।

इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा जाने सबै खेलाडी तथा टोलीलाई विमानस्थलमा विदाई तथा स्वागत व्यवस्था मिलाइएको उनको भनाइ छ । उनले राज्यको लगानी र व्यवस्थापनमा भएका कमजोरीप्रति क्षमायाचना गर्दै आगामी दिनमा खेलाडीलाई अझ उच्च स्तरको सुविधा र सम्मान दिने प्रतिबद्धता व्यक्त गरे।

एसियाली खेलकुदमा विभिन्न २१ खेल विधामा ५७ महिला र ७८ पुरुष गरी कुल १३५ खेलाडी सहभागी हुनेछन्। त्यस्तै २९ प्रशिक्षक, १७ व्यवस्थापक र २ खेल प्राविधिकसहित खेल टोलीमा जम्मा १८३ जना रहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ