पछिल्लो २४ घण्टामा २ हजार २०३ जनाले लगाए बुस्टर डोज

Thankot Times

थानकोट ।

नेपलमा पछिल्लो २४ घण्टामा १५ हजार ९३४ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । सो अवधिमा जम्मा २ हजार २०३ जनाले मात्रै बुस्टर डोज लगाएका छन् । यस्तै भाद्र ९ गते १५ हजार ९३४ जनाले कोरोनाविरुद्धको खोप लगाउँदा १६ सय ५४ जनाले मात्र बुस्टर डोज लगाएका छन् ।

यस्तै,  भाद्र ४ गते १८ हजार ६७० जनाले खोप लगाउँदा ६ हजार ३०१ जनाले बुस्टर डोज लगाएका थिए । यस्तै भाद्र ५ गते ४ हजार ३४३ जनाले खोप लगाउँदा ४ हजार १८  बुस्टर डोज लगाएका थिए भने ६ गते ३८ हजार १५ जनाले खोप लगाउँदा १२ हजार ७१६ जनाले बुस्टर डोज लगाएका थिए ।

यस्तै  ७ गते १६ हजार ६५३ खोप लगाउँदा ६८० जनाले तथा ८ गते ३९ हजार ४४८ खोप लगाउँदा १६ हजार २६० जनाले बुस्टर डोज लगाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *