भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिश (सूचीसहित)
थानकोट ।
सरकारले भारत, चीन, अमेरिकासहित १३ वटा देशका लागि राजदूत सिफारिश गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तिका लागि सिफारिश गरेको हो ।
बैठकले भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजङ्ग थापालाई राजदूतमा सिफारिश गरेको छ ।
मन्त्रिपरिषद्बाट सिफारिश भएका राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुनुपर्नेछ ।
त्यसपछि सम्बन्धित देशबाट सहमति (एग्रिमो) आएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन् ।
काे कहाँ सिफारिश ?
१. डा. निश्चलनाथ पाण्डे – भारत
२. डा. कल्याणराज शर्मा – चीन
३. चिरनजङ्ग थापा – अमेरिका
४. गौरव शमशेर जबरा – बेलायत
५. जिग्यानकुमार थापा – जापान
६. सुरेशकुमार कर्ण – इजरायल
७. प्राप्ति शेरचन – स्पेन
८. शरू जोशी – जर्मनी
९. डा. पद्माक्षी राणा – ओमान
१०. चूडामणि खरेल – मलेशिया
११. प्रा. डा. सङ्गम श्रेष्ठ – दक्षिण कोरिया
१२. डा. मञ्चला झा – श्रीलङ्का
१३. गिरीबहादुर सुनार – साउदी अरेबिया














