एन्फाका ठूला दुई माछा पक्राउ !
थानकोट ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई कर्मचारी पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई पक्राउ गरेको हो ।
खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) केन्द्रीय कार्यालय त्रिपुरेश्वरको पत्र तथा वसन्त रिजालको निवेदन/जाहेरीका आधारमा अनुसन्धानका लागि जोशी र पाण्डेलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत ललितपुरबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता अनुपमशम्शेर जबराले जानकारी दिए ।














