एशियाली खेलकुद: महिला भलिबलमा नेपालकाे पहिलाे जीत

Thankot Times

थानकोट ।

जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको छ ।

आज भएको वर्गीकरण चरणको खेलमा नेपालले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–२० ले जित्यो ।

अब नेपालले नवौँदेखि १२औँ स्थानका लागि हङकङसँग खेल्नेछ ।

नेपाल पदक जित्ने होडबाट बाहिरिइसकेको छ । नेपाल समूह चरणमा जापान र इन्डोनेशियासँग सोझो सेटमा पराजित भएको थियो ।

एशियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागिता हो । गएको संस्करणमा नेपाल पहिलो पटक सहभागी भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *