थानकोट रुटमा पनि गुड्ने रिद्धीसिद्धी यातायातको एउटा बस त्रिपुरेश्वरमा जलेर खरानी

Thankot Times

थानकोट ।

काठमाडौंको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले रिद्धिसिद्धी यातायातको बसमा चालकले आफैँ आगो लगाएको जानकारी दिए ।

आगोमा परेर घाइते भएका चालकलाई उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पतालमा पठाइएको एसएसपी घिमिरेले बताए ।

के-कति कारणले आगो लगाउन खोजिएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसका चालक २५ वर्षीय दावा लामाले बसमा आगो लगाएका हुन्। घटना हुँदा बसमा कुनै पनि यात्रु भने थिएनन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *