विश्वका स्वस्थ शहर सम्मेलनमा नेपालबाट चन्द्रागिरि नगरपालिकाको सहभागिता
थानकोट ।
विश्वका स्वस्थ शहर सम्मेलनमा नेपालबाट चन्द्रागिरि नगरपालिकाले सहभागिता जनाएको छ ।
अष्ट्रेलियाको सिड्नीमा सम्पन्न सम्मेलनमा चन्द्रागिरि नगरका तर्फबाट स्वस्थ शहर कार्यक्रम फोकल पर्सन प्रकाश घिमिरेले सहभागिता जनाएका हुन् ।
सो क्रममा चन्द्रागिरि नगरपालिकामा स्वस्थ्य शहर घोषणा गर्नका लागि भइरहेका मुख्य ८ क्रियाकलापहरूका बारेमा फोकल पर्सन घिमिरेले प्रस्तुतीकरण गरेका थिए ।
सम्मेलनमा विभिन्न ३० देशका ४ सय भन्दा धेरै सहभागीहरूले आ-आफ्नो प्रस्तुती दिएको बताइएको छ ।
चन्द्रागिरि नगरपालिका सन् २०२४ मा विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको स्वस्थ शहर नेटवर्कमा आबद्ध भई स्वस्थ शहर निर्माणका लागि निरन्तर रूपमा काम गर्दै आएको छ।
विश्व स्वास्थ्य संगठनले तोकेका आवश्यक मापदण्ड तथा सूचकहरू पूरा गर्दै चन्द्रागिरिलाई पूर्ण रूपमा ‘स्वस्थ शहर’का रूपमा सूचीकृत तथा घोषणा गर्ने प्रक्रियामा नगरपालिका हाल निरन्तर कार्यरत रहेको घिमिरेले बताए।














