ब्राइट फ्युचर माविका सह-प्रधानाध्यापक हरिबहादुर पौडेललाई शिक्षा सेवा सम्मान

Thankot Times

थानकोट ।

नैकापस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयका सह-प्रधानाध्यापक हरिबहादुर पौडेल शिक्षा सेवा सम्मान-२०८३ बाट सम्मानित भएका छन् ।

प्रयास मञ्च नेपालले शनिबार (असोज ३ गते) काठमाडाैंमा आयोजना गरेको एक समारोहमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पाैडेललाई उक्त सम्मान प्रदान गरेका हुन् ।

शिक्षा क्षेत्रमा पौडेलले गरेको लामो समयदेखिको समर्पण, हजारौँ विद्यार्थीलाई ज्ञान र सीपमार्फत अघि बढाउन पुर्‍याएको योगदान तथा शैक्षिक विकासमा निर्वाह गरेको भूमिकाको कदर गर्दै सम्मान गरिएको आयोजकको भनाइ छ ।

प्रयास मञ्च नेपालले बाल अनाथालय, वृद्धाश्रम तथा अपाङ्ग केन्द्रको सहयोगार्थ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको बुद्धवीर लामा प्रन्धाैं गीतिमय सांगीतिक साँझका अवसरमा शनिबार विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरू सम्मानित भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *