सुनचाँदीको मूल्यमा सामान्य बढोत्तरी

Thankot Times

थानकोट ।

आज सुनचाँदीको भाउ सामान्य बढेको छ ।

सुन आज तोलामा १०० रुपैयाँले बढेर तोलाको ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो सुनको भाउ तोलामा १ हजार ७०० रुपैयाँले घटेर तोलाको ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेको छ ।

हिजो तोलामा ३० रुपैयाँले घटेर तोलाको ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर तोलाको ४ हजार ८१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *